लोकन्थलीमा बिजुलीको पोलमा आगो, दमकल नआएको स्थानीयको गुनासो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असोज १७ । भक्तपुरको लोकन्थलीमा बिजुलीको पोलमा आगो लागेको छ । आगो लागेको पोलसँगै घर रहेकाले घर जोखिममा परेको छ ।

आगलागीको कारण खुलेको छैन । तर पोलमा टाँगिएका तारहरुमा विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान छ ।

एउटा पोलमा लागेको आगो अर्को पोलमा पनि सल्किएको छ । तर अहिलेसम्म दमकल नआएको स्थानीयले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्