काठमाडौं, असोज १८ । पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग आज अपराह्नदेखि सञ्चालनमा आएको छ।
इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो। चितवनको इच्छाकामना ३ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
सडक सञ्चालन भएसँगै बाटोमा रोकिएका सवारी साधन प्रस्थान गरेका छन्।





