सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर एक महिलाको ज्यान गयो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असोज १९ । काभ्रेको रोशीमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ ।

आइतबार अपराह्न ४ बजेतिर रोशी गाउँपालिका–११ स्थित भैंसेमा सुक्खा पहिरोसँगै आएको ढुंगाले लागेर ५६ वर्षीया बिमलादेवी तामाङको ज्यान गएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

बिमलादेवी घर नजिकै लुगा धुन जाने क्रममा पहिरोसँगै आएको ढुंगाले लागेर मृत्यु भएको थियो । कार्कीका अनुसार प्रहरीको सहीको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्