गोसाइँकुण्ड क्षेत्रमा ‍फसेका १२ जनाको उद्धार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, असोज २० । रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गोसाईकुण्ड ५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुबेँशी ल्याइएको छ। उनीहरुको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो।

बेपत्ता भएका अन्य चार जनाको ड्रोन क्यामेरासहित सेना, नेपाल प्रहरी र सशस्त्र  प्रहरी बल नेपालको टोलीले पाँच स्थानमा खोजीकार्य गरिरहेको निर्देशनालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्