बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीमा जाँदै अनेरास्ववियु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, असोज २१ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा केहीबेरपछि जाहेरी दिन जाने अखिलका महासचिव दीपक धामीले बताएका छन । तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिन लागेका उनले भनेका छन ।

२४ भदौमा जेनजी आन्दोलनको क्रममा संसद्देखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्