काठमाडौं, असोज २१ । पूर्वप्रधानमन्त्रीहरूलाई पक्राउ गर्न माग गर्दै सुदन गुरुङ लगायतको जेनजी समूह जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरूलाई पक्राउ गर्न माग गर्दै परिसर पुगेको हो ।
मंगलबार अपरान्ह गुरुङ लगायतको जेनजी समूहले माईतीघरमा केही शीर्ष नेताहरू पक्राउ गर्न ब्यानर टाँसेर विरोध जनाएका छन् । जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै जेनजीले दबाब बढाइरहेका छन् ।
यसबारे तीन वटै सुरक्षा निकायहरूसँग अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले छलफल समेत गरेकी बताइएको छ ।
प्रहरीले भने प्रधानमन्त्रीबाट लिखित जवाफ आएपछि मात्रै जाहेरी दर्ता गर्न सकिने र बाँकी प्रक्रिया अघि बढाउने भन्दै जाहेरी दर्ता गर्न पुगेका जेनजी प्रतिनिधिहरूलाई फर्काएको थियो ।





