अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था कस्तो छ ?

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असोज २५ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

अहिले उनको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

शनिबार बिहान जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग राष्ट्रपति कार्यालयमा वार्ता राखिएको थियो । तर, वार्ताअघि नै राष्ट्रपति पौडेल अस्वस्थ भएपछि अस्पताल लगिएको हो ।

जेनजीसँगको अर्को वार्ता आगामी सोमबार हुने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्