नेपाली सेनालाई लान्छना लगाउने काम नगर्न भुपु सैनिकहरुको आग्रह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असोज २५ । भूतपूर्व सैनिकहरुले नेपाली सेनालाई लान्छना लगाउने काम नगर्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवकाश प्राप्त सेनानी थमनबहादुर बस्नेत, पूर्व उपरथी राजेन्द्र थापा, पूर्व सहायक रथी भरतबहादुर रायमाझी, पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यात, अवकाश प्राप्त सेनानी वासुदेव अधिकारीलगायतले जेनजी आन्दोलनका क्रममा सेनाले बल प्रयोग नगरेकै कारण मुलुक सुरक्षित अवतरणको बाटोमा गएको भन्दै सेनालाई लान्छना लगाउने काम नगर्न आग्रह गरेका हुन् । सेनाका पूर्व सहायक रथी डा.प्रेमसिंह बस्न्यातले जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाले राष्ट्रको लागि काम गरेको बताउनुभयो । नेपाली सेनाले राम्रो काम गर्दा बदनाम सहनुपरेको उहाको भनाइ छ ।

केपी ओली, प्रचण्ड लगायतलाई सेनाको विरुद्धमा बोल्नु अगाडि राष्ट्रिय सुरक्षा परिषद्को नियम, सैनिक ऐन हेर्न र सेनालाई मुर्ख संस्था नसोच्न उहाले सुझाव दिनुभयो । अवकाशप्राप्त सेनानी बासुदेव अधिकारीले जेन–जी आन्दोलनका क्रममा धेरै जनाको ज्यान जानबाट सेनाले जोगाइदिएको बताउनुभयो । राष्ट्रलाई असर पर्नेगरी नलेखिदिन र नबोलिदिनसमेत सबैसमक्ष उहाले आग्रह गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्