नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते बस्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, असोज २५ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गते बस्ने भएको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले तयारी अपुग भएका कारण असोज २६ गते निर्धारित केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पर सार्ने निर्णय भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । तीन दिनसम्म बसेको कार्यसम्पादन परामर्श समितिसहितको पदाधिकारी बैठकमा पार्टीको महाधिवेशनका बिषयमा एकमत हुन नसकेपछि केन्द्रीय समिति बैठक सारिएको हो ।

प्रवक्ता महतले केन्द्रीय समिति बैठक अघि औपचारिक र अनौपचारिक बैठक बसेर महाधिवेशनका बिषयमा साझा धारणा बनाउने र केन्द्रीय समितिमा एजेण्डा प्रस्तुत हुने बताउनुभयो । छिटो भन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा सवैको मत भएपनि व्यवहारिक मितिका बिषयमा निष्कर्षमा पुग्न बाँकी रहेको उहाको भनाइ छ ।

त्यस्तै प्रवक्ता महतले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोक्दै पछिल्लो राजनीतिक अवस्थाका बारेमा आवश्यक निर्णय गर्ने जिकिर गर्नुभयो । उहाले सरकारले निर्वाचनको तयारीका बिषयमा सरकारले गम्भीरताका साथ काम नगरेको अनुभव रहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्