काठमाडौं, असोज ३१ । प्रधानमन्त्री सुशीला कार्कीले देशमा गहिरो गरी जरो गाडेर फैलिएका भ्रष्टाचारका मुद्दाहरूमाथि अभियोग चलाउन फाइलहरू खोल्ने काम थालिएको बताएकी छन्।
शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र नेपालका लागि राजदूतहरूलाई वर्तमान सरकारी कामकारबाहीबारे ब्रिफिङ गर्ने क्रममा उनले यस्तो बताएकी हुन्।
उनले भनिन्, ‘हामीले पारदर्शितालाई बढावा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटलाई संशोधन गरेका छौं र ज्यादै फैलिएका भ्रष्टाचार तथा भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौं।’





