एघारौं महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने एमालेको निर्णय

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

 काठमाडौं, असोज ३१ । नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार, महाधिवेशन पोखरामा हुनेछ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदन हलबाट पारित भएको छ । तर, प्रतिवेदन पारित गर्ने क्रममा विवाद भएपछि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्