सुत्केरीको मृत्युपछि किस्ट अस्पतालमा तनाव, तोडफोडमा उत्रिएपछि अश्रुग्यास प्रहार

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, १० कात्तिक । सुत्केरीको मृत्युपछि मृतकका आफन्तले ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तोडफोड गरेका छन् ।

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनीहरूले अस्पताल तोडफोड गरेका हुन् । अस्पतालको गेट फोडेर भित्र पसेका प्रदर्शनकारीहरूले अस्पतालमा ढुंगामुढा गरेका हुन् ।

प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई तितरवितर बनाउन लाठीचार्ज गर्नुका साथै केही राउन्ड आश्रुग्यास समेत प्रहार गरेको छ । सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्