बीपी राजमार्गमा कार पल्टिदा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक ११ । सिन्धुलीको सुनकोशी गाउॅपालिका ६ चैनपुरमा कार पल्टिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि अन्य दुई जना घाइते भएका छन् ।

विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार मंगलबार बिहान आफैं अनियन्त्रित भई सडकदेखि अन्दाजी ४२ फिट तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोरङको विराटनगर उपमहानगरपालिका-१७ का ६५ वर्षिया ओमबहादुर अर्जेलको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

कार ओमबहादुरले चलाएका थिए । कारमा सवार उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त सवार थिए । उनीहरू दुवै जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सुनिताको अवस्था गम्भिर छ भने निशान्तको अवस्था मध्यम रहेको छ । घाइतेहरूको खाल्टे स्थित आत्मिय सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्