काठमाडौं, कार्तिक ११ । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राजीनामा दिएका छन्। मंगलबारदेखि लागू हुने गरी उनले पदबाट राजीनामा दिएका हुन्।
राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत हुने जानकारी गराएको छ।





