अब नेपालमा सामाजिक सञ्जाल बन्द हुदैँन:सञ्चारमन्त्री खरेल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पार्नुभएको छ ।

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आवद्ध बिभिन्न संघ संस्थासंस्थाहरुसंगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पार्नुभयो । सामाजिक सञ्जाललाई व्यबस्थीत र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सवैले साथ दिनुपर्ने उहाले बताउनुभयो ।

मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो । उहाले अनलाइन सञ्चारमाध्यमको नविकरण र दर्ता सूचना बिभागबाटै सुरु गर्न मन्त्रिपरिषद्मा नियमावली पेश गरि पारित हुने जानकारी दिनुभयो । केहिदिनभित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको नविकरण र दर्ता सूचना बिभागबाटै हुने उहाको भनाइ छ ।

छलफलका क्रममा अनलाइन टिभि सञ्चालका साथै डिजिटल सञ्चार माध्यममा प्रतिनिधिहरुले राज्यले आफुहरुलाई प्राथमिकतामा नराखेको गुनासो गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्