काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलसहितको टोलीको औपचारिक कतार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए।
मन्त्री खरेलका अनुसार राष्ट्रपति पौडेल ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारको दोहा भ्रमणमा जाने छन्।
उनले भने, “कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा कात्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ।”





