काठमाडौं, कार्तिक १३ । महोत्तरीको औरही नगरपालिका–४ कटुधारमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।
बुधबार अपरान्हतिर मोटरसाइकको ठक्करबाट साइकलमा जाँदै गरेकी स्थानीय गोविन्द यादवका १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको छ ।
स्थानीय सन्ध्या यादवसँगै साइकलमा जाँदै गरेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा शिवानी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा राति नै महोत्तरीको जानकी एकेडमिक हस्पिटलमा मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।





