दलित अभियन्ता सुनारलाई ५० हजार धरौटीमा छाड्न आदेश

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक १३ । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ताले परिचित भएका खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ। काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका सुनार फरार प्रतिवादी थिए। मन्त्रीमा सिफारिस भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक गरिएको थियो।

सुनारलाई काभ्रे अदालतले गत साउन ५ मा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पूर्जी जारी गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्