‘जनकेन्द्रित स्मार्ट शहर’ नाराका साथ आज विश्व शहरीकरण दिवस मनाइँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । ‘जनकेन्द्रित स्मार्ट शहर’ भन्ने नाराका साथ आज ९शुक्रबार० विश्व शहरीकरण दिवस मनाइँदैछ।

संयुक्त राष्ट्रसंघको आह्वानमा यस अवसरमा कोलम्बियाको राजधानी बोगोटामा विशेष अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना हुँदैछ। सन् २०१४ देखि विश्व शहरीकरण दिवस मनाउन थालिएको हो।

यो दिवस मनाउनुको प्रमुख उद्देश्य विश्वव्यापी रूपमा बढ्दो आवास सङ्कट र अनियोजित सहर विकासजस्ता चुनौतीहरूको समाधानका लागि दिगो, समावेशी र समान अवसरयुक्त शहर निर्माणमा अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धन गर्नु हो।

हरेक वर्ष यो दिवस फरक–फरक सहरमा मनाइँदै आएको छ, जसमा नीति निर्माता, शहरी योजनाकार, अनुसन्धानकर्ता र सरोकारवालाबीच दिगो शहरी विकासका विषयमा छलफल हुने गर्छ।

संयुक्त राष्ट्रसंघका अनुसार हाल विश्वको ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा बसोबास गर्दै आएको छ।
तीव्र गतिमा सहरमुखी हुँदै गइरहेको जनसङ्ख्याका कारण सहरहरूको दिगो योजना, वातावरणीय सन्तुलन र आधारभूत सेवाको पहुँच सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता बनेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी