कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक १४ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

महाधिवेशनका बिषयमा आन्तरिक विवाद भएपछि छलफलका लागि भन्दै आइतबारसम्म बैठक स्थगित गरिएको हो । शुक्रबार नै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासंग छलफल गर्नुभएको थियो । तर महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने बिषयमा सहमति नभएपछि बैठक स्थगित भएको हो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले कार्यवाहक सभापतिको प्रस्तावमा बैठक स्थगित गरिएको जानकारी दिनुभयो । छलफल गरेर समझदारी गर्ने प्रयासका लागि आन्तरिक छलफल जारी रहने उहाले बताउनुभयो । प्रवक्ता महतले बिहीबारको बैठकमा महामन्त्री अनुपस्थीत भएकाले सवैको सहभागीतामा निष्कर्ष निकाल्ने प्रयास गरिने उल्लेख गर्नुभयो । महाधिवशेनको बिषयलाई विवादको बिषय भन्दा पनि क्रियाशिल सदस्यहरुको सहभागीताका साथ सम्पन्न गर्ने चाहना रहेको उहाको भनाइ छ ।

उहाले महाधिवेशनका बिषयमा आएका बिभिन्न दृष्टिकोणलाई एकैठाँउमा ल्याउने प्रयास भइरहेको जिकिर गर्नुभयो । कांग्रेसभित्र विशेष महाधिवेशन वा निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्ने वा नगर्ने भन्नेबारे विवाद छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्