काठमाण्डौं, १६ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मध्यराति सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको स्टाटस अहिले विवादित र सबैको जिज्ञासाको विषय बनेको छ । उनले मध्यराति मुख छाडेको स्टाटस फेसबुकमा पोस्ट गरेका थिए र केही मिनेटमै हटाएका थिए । उनको त्यो डिलेट गरिएको स्टाटस अहिले सामाजिक सञ्जालमा सबैभन्दा बढी विवाद र जिज्ञासाको विषय बनेको छ ।
उनले स्टाटसमा अमेरिका, भारत, चीन, नेपालका राजनीतिक दलहरु एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपालाई एकै पटक गाली गरेका थिए ।
अहिले विभिन्न सामाजिक सञ्जालमा राजनीतिक दलका नेता, कलाकारलगायतका व्यत्तिहरुले आ–आफ्नो प्रतिक्रिया दिएका छन् । यसैबीच गायिका ज्योति मगरले म नेपाल हासेको हेर्न चाहन्छु भन्दै जनेजीलाई उक्साएर देश जलाउनु भो र सो शक्तिको आडमा आएर फिल्मी स्टाइल मा बितन्दा मच्चाएर त्यही शक्तीहरुले थेचार्न थाले पछि को असन्तुष्टि छर्लङ्ग भयो भन्दै मध्यरातमा मुख छोड्दा हुने फाइदाहरु भन्दै फेसबुकमा स्टाटस लेखेकी छन् ।
“उनले लेखेकी छन्” गरिब को चमेली बोल्दिने कोइ छैन भन्दै गरिब हरु को ठेला उठाउनु भो, म नेपाल हासेको हेर्न चाहन्छु भन्दै जेन्जी उक्साएर सर्लक्कै देश जलाउनु भो… जुन जुन शक्ति को आड मा फिल्मी स्टाइल मा बितन्दा मच्चाउनु भो त्यही शक्ती हरु ले थेचार्न थाले पछि को असन्तुष्टि छर्लङ्ग… रात को १२ बजे मुख छोड्दा हुने फाइदा ।
१) भडास डिटक्स
२) कुनै शक्ति बाट परिचालित छैन भन्ने प्रमाण
३) सुठ्ठा को क्वालिटी पर्फेक्ट भयको प्रमाण
खास बुढी मार्न खोजेको काल पल्क्यो ब्रो…
धन्न सु सु गर्न उठेको भाउजू ले आधा घण्टा मै थाहा पायर डिलेट गर्न लाउनु भो नत्र कति धेरै भिउज,लाइक,कमेन्ट हरु आउथ्यो…
हजुर को स्टाटस डिलेट भय पछि हजुर लाई यो गित को हरफ हरु गिफ्ट
भक्त हरु को चमेली बोल्दिने कोइ छैन…
म भक्तजन हासेको हेर्न चाहन्छु…






