काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि स्थगित गरिएको छ । दिउँसो १ बजेलाई तय गरिएको आजको बैठक नबसी स्थगित भएको हो ।
अर्को बैठक यही कात्तिक १८ गते मंगलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।
कांग्रेसमा वर्तमान सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको आमनिर्वाचनपछि महाधिवेशन गर्ने वा त्यस अगावै महाधिवेशन गर्ने विषयलाई लिएर तीव्र विवाद छ । संस्थापन र महामन्त्रीले महाधिवेशनको फरक(फरक तालिका पेश गरेका छन् । विश्वप्रकाश शर्माले त भोटिङबाटै महाधिवेशनको मिति टुंग्याउनुपर्ने बताएका छन् ।






