काठमाडौं , १७ कात्तिक । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । जसका कारण केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकाअनुसार देशका पहाडी भू भागमा आशिंक बदली रहनेछ । यसैगरी धेरै जसो स्थानमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी प्रदेशका पहाडी भू भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।





