काठमाडौं, कार्तिक १७ । नेपाल प्रहरीले भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै त्यसताका फिल्डमा खटिएका इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।
प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै त्यसताका सबैभन्दा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका इन्चार्जलाई कुनै पनि बेला आयोगमा सोधपुलका लागि बोलाउनुपर्ने भएकाले बाहिर नजाने व्यवस्था मिलाउन भनेको हो ।
उक्त आदेशअनुसार उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, भदौ २३ का निमित्त प्रमुख डीआईजी ओमबहादुर राना, काठमाडौं प्रमुख एसएसपी विश्व अधिकारी, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारी, भक्तपुरका एसपी माधव बुढाथोकी छन् ।
काठमाडौं उपत्यकाका १६ वृत्त, प्रभाग इन्चार्ज रहेका डीएसपी र इन्स्पेक्टरले पनि उपत्यका छोड्न नपाउने भएका हुन् ।





