डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत दानबहादुर श्रेष्ठविरुद्ध झण्डै डेढ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
डिभिजन वन कार्यालय इलाममा डिभिजन वन अधिकृतका रूपमा कार्यरत रहँदा श्रेष्ठले पदीय अख्तियारीको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा श्रेष्ठले एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५० पैसा भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।





