दोलखाको यलुङ रि हिमालमा हिमपहिरो ३ को मृत्यु, ८ जना बेपत्ता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक १७ । दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार ८ जना हराइरहेका छन् ।

नेपाली गाइडसहित आज बिहान साे हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । बिहान १०:३० बजे हिमपहिरो गएको थियो ।

जिल्ला प्रहरी कार्यालय दोलखाको डीएसपी ज्ञान कुमार महतोका अनुसार निधन हुनेमा एक विदेशी र दुई नेपाली छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्