बहुविवाहको मुद्दामा एमाले नेता पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक १८ । बहुविवाहको मुद्दामा नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरका अनुसार उनलाई धुम्बाराहीबाट पक्राउ गरेको हो।

अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा एक वर्ष जेल र पाँच हजार जरिवाना तोकिएको थियो।

उनको उक्त मुद्दा यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्