हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहँदा बाँकी अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र अन्य प्रदेशहरूमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले मौसम सामान्य रहे पनि उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्