जनार्दन र घनश्याम विप्लवलाई भेट्न हरिसिद्धीमा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा रहेका जनार्दन शर्मा र घनश्याम भुसाल नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेट्न शुक्रबार बिहान हरिसिद्धी पुगेका छन्।

तीन नेताबीच अहिले जारी भेटमा विकसित राजनीतिक परिस्थिति र आगामी सहकार्यका सम्भावनाबारे छलफल भइरहेको बताइएको छ।

शर्माले यसअघि पनि पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग वैकल्पिक राजनीतिक शक्ति निर्माणबारे परामर्श गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्