काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ।
आज छापावाल सुन तोलाको मूल्य २ लाख ३८ हजार ४०० रुपैयाँ कायम गरिएको छ, जुन बिहीबार २ लाख ३७ हजार ८०० रुपैयाँ मात्र थियो।
सुनसँगै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भई आज ३ हजार २० रुपैयाँ पुगेको छ।
सुनचाँदी व्यवसायीहरूले हाल अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतार–चढाव र मागमा आएको परिवर्तनका कारण देशभित्रको मूल्यमा पनि वृद्धि भएको बताएका छन्।





