शेखर कोइरालाका तीन सूत्र : महाधिवेशन, नेतृत्व परिवर्तन र संवाद

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले शुक्रबार काठमाडौँमा आफूनिकट जिल्ला सभापति, पूर्वसभापति, विशेष महाधिवेशनका हस्ताक्षरकर्ता र केन्द्रीय सदस्यहरूसँग भेला गरी पार्टीका आगामी दिशाबारे तीनवटा मुख्य धारणा सार्वजनिक गरेका छन्।

कोइरालाले पार्टीलाई नयाँ नेतृत्व र नयाँ ऊर्जा सहित चुनावमा लैजानुपर्ने भन्दै भने, “महाधिवेशन गरेर मात्र चुनावमा जानुपर्छ। यो कुरा मैले जेनजी आन्दोलनपछि होइन, एक वर्षअघि नै भन्दै आएको हुँ।”

उनले चेतावनी दिँदै भने, “यदि केन्द्रीय समितिबाट नियमित महाधिवेशनको मिति घोषणा गरेर प्रक्रिया अघि बढाइएन भने, विशेष महाधिवेशन स्वतः हुनेछ।”

कोइरालाले महाधिवेशन प्रतिनिधिहरूको वैधानिक माग सम्बोधन गर्ने जिम्मेवारी केन्द्रीय समितिकै भएको उल्लेख गर्दै पार्टी एकता र सहमतिको आवश्यकता औंल्याए।
उनले थपे, “अब म जुनसुकै विचार राख्ने नेताहरूसँग पनि संवाद सुरु गर्नेछु। पार्टी एक बनाउन सबैको साथ र सुझाव आवश्यक छ।”

यसअघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोइरालाको मौनताका कारण संस्थापन पक्षले पार्टीभित्रका स्वाभाविक विषयमा समेत बाधा पुर्‍याइरहेको गुनासो गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्