लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २२ कात्तिक । लमजुङमा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति मर्स्याङ्दी गाउँपालिका–६ नाइचेस्थित सडकमा जिप दुर्घटना हुँदा चालकसहित एक जनाको मृत्यु भएको हो ।
मर्स्याङ्दी–३ खुदी बजारबाट सिमेन्ट बोकेर गएको हिदीखोला हाइड्रोपावरको बा ८च ३७३१ बलेरो जिप गएराति करिब ११ः३० बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिपका चालक दोलखा मेलुङ गाउँपालिका–४ का ३० वर्षीय बिनोद खड्का र गाडीमा सवार सोही ठेगानाका २५ वर्षीय पारस खड्का रहेको जिल्ला प्रहरी कार्यालय लमजुडका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए । दुर्घटनामा परी घाइते हुनेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बु रहेको छ । उनको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्