कांग्रेसद्धारा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अवहान

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २२ कात्तिक। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आवहान गरेको छ । आज दिउँसो १ बजे बस्ने गरी बैठक आवहान गरेको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका आमन्त्रण गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । कांग्रेसका पूर्वसांसद् आलमको गएराति साढे २ बजे उपचारको क्रममा केएमसी हस्पिटलमा निधन भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्