काठमाडौँ, २२ कात्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा सो कुरा बताएक हुन् ।
यस्तै उनले क्रान्तिकारी बिचार, गतिशील सङ्गठन र जनमुखी कार्यशैली युक्त एमाले बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
उनले लेखेका छन्– ुहामी चाहन्छौ, हामी बनाउँछौँ– सबैको सम्मान र आत्माग़ौरव युक्त एमाले , सहकार्य, सहअस्तित्व र सहकारितामा आधारित एमाले, सभ्य, शिष्ट र सुसंस्कृत एमाले, क्रान्तिकारी बिचार, गतिशील सङ्गठन र जनमुखी कार्यशैली युक्त एमाले ।





