कांग्रेसले पूर्वमन्त्री आलमको शोकमा तीन दिनसम्म झण्डा आधा झुकाउने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको छ।

आज बसेको आकस्मिक बैठकले आलमको निधनप्रति दुख व्यक्त गर्दै कार्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस्तै, कार्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, निधनको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने रसम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय समेत गरेको छ।े

साथै स्वर्गीय आलमप्रति सम्मान प्रकट गर्दै कात्र्तिक २३ गते बिहान ११ः३० बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक २५ गते दिउँसो ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पुनःबस्ने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्