सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई हटाउनुपर्ने माग गर्दै शाही युवा शक्ति नेपालको काठमाडौंमा प्रर्दशन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक २२ । राजसंस्था पुनस्र्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको छ ।

राजसंस्थाको पुनस्र्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरुले शनिबार काठमाडौंको सामाखुसी क्षेत्रमा प्रदर्शन गरेका हुन् । सामाखुसी, बालाजु हुँदै प्रदर्शन गर्दै अघि बढ्न खोज्दा प्रहरीले बनस्थलीमा रोकेको थियो । प्रहरीले रोकेपछि उनीहरुले बनस्थलीमा नै कोणसभा गरेका थिए ।

उनीहरुले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई हटाउनुपर्ने माग राखेका छन् । त्यस्तै मुलुकलाई निकास दिन राजसंस्था पुनस्र्थापना अपरिहार्य रहेको उनीहरुको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्