हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २३ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मास्टरचोकमा यात्रुवाहक बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ। गएराति जनकपुरबाट काठमाडौँतर्फ आइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहरा रहेका छन् ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते बोहरालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएकामा तत्काल चिकित्सकले मृत घोषणा गरेको हो ।

ठक्कर दिने बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजयकुमार सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्