काठमाण्डौं, २३ कात्तिक । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा तीन पालिकाले आज शोक बिदा दिएको छ । रौतहट क्षेत्र नम्बर २ मा पर्ने राजपुर, ईशनाथ र परोहा नगरपालिकाले शोक बिदा दिएका हुन् ।
आज (आइतबार) पालिकाहरुले शोक विज्ञप्ति जारी गर्दै नगरपालिका कार्यालय तथा मातहतका कार्यालयमा शोक बिदाको घोषण गरेका छन् ।






