नेपाल टेलिकमको काममा ढिलाइ गर्ने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न सञ्चारमन्त्री खरेलको निर्देशन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक २३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको काममा ढिलाइ गर्ने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न निर्देशन दिनुभएको छ ।

आइतबार काठमाडौंमा नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले टेलिकमको काममा ढिलाइ गर्ने वा जनतालाई गुणस्तरीय सेवा नदिने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न पनि निर्देशन दिनुभएको हो । टेलिकमको जिम्मा लिएर काम नगर्ने र बर्षौदेखि अल्झाइराख्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गर्नुपर्ने उहाले बताउनुभयो ।

उहाले निजी क्षेत्रले दुई महिनामा बनाउने सक्ने टावर टेलिकमले डेड बर्षसम्म पनि बनाउन नसकेको बिषयमा जवाफ चाहिने बताउनुभयो । मन्त्री खरेलले आफ्नै खरिद कार्यविधि बनाएर पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिन निर्देश गर्नुभयो ।

सञ्चार मन्त्रालयमा आउने ८० प्रतिशत गुनासो नेपाल टेलिकमसंग सम्बन्धीत रहेकाले मन्त्रीसम्म गुनासो आउने अवस्थालाई अन्त्य गर्न पनि उहाले निर्देशन दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्