पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबीच निर्वाचन आयोगले छलफल गर्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २४ कात्तिक। निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्ने भएको छ ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका लागि उनीहरूसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

विगतको चुनावको अनुभव, शान्ति सुरक्षा र दलहरूसँगकोे समन्वय लगायतका विषयमा छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

यसअघि आयोगले राजनीतिक दलहरूसँग समेत छलफल गरेको थियो । आयोगले राजनीतिक दल र सरोकारवाला सबैलाई मतदाता नामावलीमा नाम छुट भएकालाई दर्ताको लागि प्रचार गरिदिन समेत आग्रह गर्दै आएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन तयारीको ६० प्रतिशत काम भइसकेको छ । बाँकी काम समेत अगाडि बढिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्