सुनको मुल्य तोलामा २९ सय रुपैयाँले बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २४ कात्तिक । आज नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा २९ सय रुपैयाँ बढेको छ । तोलामा २९ सय रुपैयाँ बढेर आज सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्