प्रम कार्कीले गरिन पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक २४ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्री कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको हो । प्रधानमन्त्री कार्कीलाई पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए । पशुपतिनाथको दर्शन गरेपछि प्रधानमन्त्री कार्कीले सोमबार नै पशुपति क्षेत्र विकास कोषसञ्चालक परिषद् बैठक बोलाउनुभएको थियो ।

बैठकमा प्रधानमन्त्री कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राख्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्