दानबहादुर कार्कीलाई आईजीपीमा नियुक्त गर्ने सरकारको निर्णय

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक २४ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो।

बैठकका निर्णयबारे सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको पदमुक्त गरी नयाँ प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई सिफारिस गरिएको छ।

यसैगरी, सरकारले भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्