प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका बारे निर्वाचन आयोगसंग जानकारी लिनुभएको छ ।

बुधबार सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनका बारेमा आयोगले अहिलेसम्म गरेका तयारीका बारेमा जानकारी लिनुभएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै मतदाता नामावली दर्तामा देखिएका समस्या समाधानका लागि भएका प्रयासका बारेमा पनि प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको थियो । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नका लागि सवैको सहयोग हुने बताउनुभएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले आयोगले तीव्र रुपमा निर्वाचनको तयारी गरिरहेको भन्दै सरकारलाई निरन्तर आयोगले जानकारी गराइरहेको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्