चूनाव जित्नका लागि नभइ राष्ट्र बचाउनका लागि एकता : प्रचण्ड

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीहरुको शान्तिपूर्ण आन्दोलनमा निर्मम दमन र हत्या गर्ने आफ्नो पार्टीलाई वृद्धाश्रम भनेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा भीम रावल लगाएतका नेताहरुलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित गराउदै प्रचण्डले भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा जनेजी युवाहरुले शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरुले अहिले आफ्ना पार्टीलाई वृद्धाश्रम भनेको बताउनुभएको हो ।

उहाले आफ्नो पार्टीहरुले युवाहरुर्लाइ सदैव सम्मान गरेको भन्दै जेनजी युवाहरूले बिस्तारै बुझ्दै जाने धारणा राख्नुभयो । उहाले अहिले देश अप्ठेरोमा रहेको अवस्थामा चूनाव जित्नका लागि नभइ राष्ट्र बचाउनका लागि एकता गरिएको बताउनुभयो ।

प्रचण्डले अहिलेको परिस्थीतिमा नेपाली कम्युनिस्ट पार्टीको अभियान सुरु गरेको भन्दै आफ्नो तर्फबाट कुनै आग्रह र पूर्वाग्रह नहुने स्पष्ट पार्नुभयो । मुलुकमा देखिएको प्रतिक्रियावादी षडयन्त्र परास्त गर्न जस्तोसुकै मूल्य चुकाउन पनि आफु तयार रहेको उहाले बताउनुभयो । त्यस्तै प्रचण्डले एमालेको अहिलेको नेतृत्वले मदन भण्डारीलाई बदनाम गर्ने काम गरिरहेको जिकिर गर्नुभयो ।

विद्या भण्डारीर्लाइ पार्टी सदस्यता नदिने एमाले मदन भण्डारीको एमाले हुनै नसक्ने भएकाले एमालेमा रहेका नेता–कार्यकर्तालाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन उहाले आह्वान गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्