काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मितिमा बहस जारी छ ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुले आफ्नो राय राखेको कांग्रेस नेता मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो ।
बैठकमा जेनजी आन्दोलनपछिको परिस्थीति, निर्वाचनको बिषयका साथै नियमित वा विशेष महाधिवेशन भन्ने बिषयमा छलफल भएको उहाले बताउनुभयो ।
उहाले कांग्रेस लोकतान्त्रीक दल भएकाले सवै बिषयमा सदस्यहरुले खुलस्त रुपमा चासो राखेको भन्दै देशको प्राथमिकताका आधारमा पार्टीले एकमत भएर निर्णय गर्ने जानकारी दिनुभयो ।
असोज २८ गतेदेखि सुरु भएको बैठकमा पार्टीको १५ औँ महाधिवेशन सम्बन्धी विषयमा निरन्तर छलफल भइरहेको छ ।





