काठमाडौं । कोशी प्रदेश सभा सचिवमा सुदर्शन खड्का नियुक्त हुनुभएको छ । सभामुख अम्बर बहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई औपचारिक रुपमा प्रदेश सभा सचिव पदमा नियुक्ति गर्नुभएको हो ।
गत माघ महिनादेखि रिक्त रहेको सचिव पदमा खड्काले बुधवार एक कार्यक्रमबीच सभामुख विष्टसमक्ष शपथ ग्रहण गर्नुभयो । शपथ समारोह मोरङको कटहरी गाउँपालिका–१ स्थित प्रदेश सभा सचिवालय परिसरमा सम्पन्न भएको थियो । कार्यक्रममा उपसभामुख सिर्जना दनुवार, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र आङ्बो, प्रदेश सांसदहरू, सुरक्षा निकायका प्रमुखहरू तथा प्रदेश सभा सचिवालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
जेन्जी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी भएपछि कटहरीस्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रमा प्रदेश सभाको सचिवालय अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ । अहिले त्यही भवनमा सभामुख, उपसभामुख र प्रदेश सभा सचिवका कार्यकक्षहरू सञ्चालनमा रहेका छन् ।





