नवनियुक्त ३३औं महानिरीक्षक कार्कीले आजदेखि कमाण्ड सम्हाल्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २७ कात्तिक। नेपाल प्रहरीको नवनियुक्त प्रहरी ३३औं महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आज पदभार ग्रहण गर्दैछन् ।

गृह मन्त्रालयमा १०ः४५ मा एक संक्षिप्त समारोहबीच गृह सचिव रामेश्वर दङ्गालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम तय भएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्ले जानकारी दिए । त्यसलगत्तै नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा बहाली हुने तयारी गरिएको उनले बताए ।

सोमबारको मन्त्रीपरिषद बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । ३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश भएका छन् । खापुङको हिजो नै बिदाइ भइसकेको छ ।

कार्कीको कार्यकाल २०८४ चैत १८ सम्म छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्