नवनियुक्त ३३औं आईजीपी कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नवनियुक्त नेपाल प्रहरीको ३३औं आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

गृह सचिव रामेश्वर दंगालले उनलाई दर्ज्यानी चिह्न लगाइदिए । प्रहरीको ३३औं आईजीपीका रुपमा कार्कीले बिहीबारदेखि नै आफ्नो कमाण्ड सम्हाल्नेछन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्