गृहमन्त्रीलाई आन्दोलनको भावना अनुसार चल्न नसके मार्गप्रसस्त गर्न गुरुङको सुझाव

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २७ कात्तिक । जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले जेनजी आन्दोलनको भावना अनुसार चल्न नसके मार्गप्रसस्त गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई सुझाव दिनुभएको छ ।

काठमाडौं महानगरले लैनचौरस्थीत स्काउटको जग्गामा बनाइएका संरचना भत्काउने क्रममा सोहि स्थानमा पुग्नुभएका गुरुङले जेनजी आन्दोलनको भावना अनुसार अघि बढ्न गृहमन्त्रीले खुट्टा कमाइरहेको भन्दै त्यस अनुसार चल्न नसके मार्गप्रसस्त गर्न गृहमन्त्री अर्याललाई सुझाव दिनुभएको हो ।

अहिले जेनजी आन्दोलनको भावना अनुसार काम गर्ने मन्त्रीहरुको आवश्यकता रहेको उहाले बताउनुभयो । उहाले गृहमन्त्री बाहेक अन्य मन्त्रीहरुले भने जेनजी आन्दोलनको भावना अनुसार काम गरिरहेको जिकिर गर्नुभयो । शिक्षा, स्वास्थ लगाएत क्षेत्रमा चरम भ्रष्टाचार भएकाले सवै मिलेर अव भ्रष्टाचार मुक्त देश बनाउनुपर्ने बताउनुभयो ।

उहाले सरकारी जग्गा हडपेर बनाएर संरचना हटाएर जनता र राज्यलाई न्याय दिइएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्